शैक्षिक

दुषित पानीले झाडापखाला फैलियो, विद्यार्थी विद्यालय जान छाडे



कपिलवस्तु, १३ चैत । कपिलवस्तुको शिवराज नगरपालिका–१ मा रहेको जागृति प्रा.विका बालबालिका झाडापखाला र ज्वारोका कारण विद्यालयमा अनुपस्थित हुन थालेका छन् ।

नियमित ७५ जना विद्यार्थी उपस्थित रहनेमा ४५ जना मात्रै विद्यार्थी  आइरहेका छन् । फोहोर र दुषित पानीका कारण बालबालिकाहरूमा टाईफाईड, जन्डिस जस्ता रोग देखा परेर्न थालेको छ ।

शिवराज नगरपालिकाको महेन्द्रराज मार्ग अन्तर्गत पर्ने वनकस बासा गाँउका वासिन्दाहरू लामो समय देखि पानीको समस्या झैल्दे आएका छन् ।

गाँउ देखि करिब ४ किलोमिटर माथी पहाडको मुहानबाट पानी संकलन गरी पाईप मार्फत गाँउमा रहेको पानी टंकीमा जम्मा गरी ५० घरधुरीले उपभोग गदै आएका छन् ।

कपिलवस्तुमा विश्व पानी दिवश विभिन्न कार्यकम गरी मनाए पनि वस्तिमा रहेको समस्यामा कसेको ध्यान नगएको सुनिल प्रसाद घिमिरे बताए । यस विषयमा पटक–पटक शिवराज नगरपालिकामा निवेदन दर्ता गरे पनि वेवास्ता गरेको घिमिरेले बताए ।

नेपालको ७५ वटै जिल्लमा खाने पानिको सुविधा पुगिसकेको र ८४ प्रतिशत जनताले स्वच्छ खाने पानी उपभोग गरिरहेको ४३ जिल्ला खुल्ला दिसामुक्त भएको प्रतिवेदनहरूमा उल्लेख छ । तर शिवराज नगरपालिका–१ वनकसबास वस्तिका बालबालिकाहरू पानीको अभावमा जिवन बिताउना बाध्य भएका छन् ।