राजनीति

भक्तपुरको लौकन्थलीमा सयौ युवाहरु युवा संघमा प्रवेश



भक्तपुर, १३ चैत । युवा संघ नेपाल भक्तपुरले मध्यपुर नगरपालिको लोकन्थलीमा आयोजना गरेको एक कार्यक्रममा सयौ–युवाहरु युवासंघमा प्रवेश गरेका छन । त्यसरी प्रवेश गरेकाहरुलाई युवा संघ नेपालका पूर्व अध्यक्ष एव एमालेका नेता महेश बस्नेत र सभासद केदार संन्जेलले, युवा संघका उपाध्यक्ष रमेश पौडेल लगायतका नेताहरुले स्वागत गरेका थिए ।

कार्यक्रमा महेशले आउँदो निर्वाचनमा एमाले पहिलो पार्टी बनाउनका लागि युवाहरुको महत्वपूर्ण भूमिका हुने वताए ।युवा संघले एमालेलाई पहिलो पार्टी बनाउनका लागि आ–आफ्नो ठाउँबाट भूमिका खेल्ने वताए । कार्यक्रमा सभासद सन्जेलले नयाँ पुस्ताले नै मुलुकको राजनीतिमा परिवर्तन गर्दै आएकाले स्थानीय तहको निर्वाचनमा पनि युवाहरुले एमालेलाई देशैभरि जिताउन भूमिका खेल्ने विश्वास लिएको वताए ।

उनले स्थानीय निकायको निर्वाचनमा एमालेलाई पहिलो शक्ति हुनबाट कुनै पनि शक्तिले रोक्न नसक्ने वताए । कार्यक्रममा भक्तपुरका एमाले नेतृ सुशीला सुवेदी, भक्तपुरका युवा संघका नेताहरु दिपक थापा लगायतको उपस्थिति रहेको थियो ।