Banner News

संसद्ले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाओस् : गगन थापा



काठमाडौँ, २८ वैशाख । नेपाली कांग्रेसका सांसद गगन थापाले सहकारी ठगी प्रकरणमा छानबिन समितिको गठनको माग गरेका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुखसँग समय लिएर बोल्दै उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महान्यायाधिवक्तको कार्यालयको दुरुपयोग गरेको बताए ।  

उनले पहिलो बैठकमा उभिएर सभामुखसँग समय मागेर बोल्न नचाहेपनि उभिएर बोल्नुपरेको बताए । उनले संसदमा सांसदहरूको प्रश्नको घाँटी बन्द गर्न खोजिएको दाबी गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले सदन चले नचलोस् सरकार चल्छ भनेको बताउँदै धेरै पटक प्रधानमन्त्री भएको पार्टीले त्यो कुरा बुझ्नुपर्ने बताए ।