शैक्षिक

काठमाडौँको आरआर क्याम्पसमा अनेरास्ववियुका तपेन्द्रको प्यानल विजयी



काठमाडौँ, १६ चैत । काठमाडौँको प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसमा अनेरास्ववियुको निर्वाचनमा

अनेरास्ववियुका अध्यक्षका उम्मेदवार तपेन्द्रबहादुर शाहीले ६९९ मतसहित जित हासिल गरेका हुन् । निर्वाचित शाही अनेरास्ववियूका केन्द्रीय सदस्य पनि हुन् । उनका प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घबाट उत्तमबहादुर साउदले ३६७ मत प्राप्त गरे । निर्वाचनमा एमालेको भातृ संगठन अखिलले सिंगो प्यानलसहित भारी मतका साथ जित हासिल गरेको छ ।

निर्वाचनमा कुल मतदाता तीन हजार ५८१ मध्ये एक हजार २७६ मतदाताले मतदान गरेका थिए । दुईपटक स्थगित भएको निर्वाचनको मतदान बिहान ८ देखि साँझ ५ बजेसम्म भएको थियो ।