शैक्षिक

नेपाल पत्रकार महासंघ ६२ औँ स्थापना दिवास यसरी मनाइयो



मो इमरान खान

कपिलवस्तु १६ चैत्र । आज नेपाल पत्रकार महासंघको ६२ औँ स्थापना दिवास को उपलक्ष्यमा कपिलवस्तु को सदरमुकाम तौलिहवामा बिभिन्न कार्यक्रम गरि नेपाल पत्रकार महासंघ ६२ औँ स्थापना दिवास मनाइएको छ ।

नेपाल पत्रकार महासंघका ६२ औँ स्थापना दिवास को उपलक्ष्यमा तौलिहवाको बालगृहमा अनाथ बच्चाहरुलाइ कापी ,कलम लगाएत पढाई लेखाइबिषयका समाग्रीहरु बितरण गरेका छन ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका अध्यक्ष श्री डिला राम भुसालको अध्यक्षतामा उपअध्यक्षमा श्री सरोज अर्याल तथा पार्बती पाण्डे सचिव श्री हरि अधिकारी, सदस्य अर्जुन बेलबासे, जिएन पाण्डे तथा केन्द्रिय सभासद बनारसी बर्मा, मनोज पौडेल, मनोज श्रीवास्तव, प्रदेश सदस्य श्री मोहम्मद इमरान खान तथा बालगृहको अध्यक्ष राजु अर्याल र प्रधानध्यापक सुरेश शर्मा को उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको छ ।