शैक्षिक

ह्याण्डिक्राफ्ट तालिममा भक्तपुरे महिलाहरुको आकर्षण



भक्तपुर,१६ चैत्र । सामाजिक मामिलाका लागि सहभागितामुलक प्रयास(पेसा) नेपालको आयोजनामा महिलाहरुको सहभागितामा ह्याण्डिक्राफ्ट तालिम सम्पन्न भएको छ ।

महिलाहरुको आर्थिक स्तर बृद्धि तथा आयआर्जनमा टेवा पु¥याउन रबेरोजगार महिलालाई स्वरोजगार बनाउन उद्देश्यका साथ तालिमको आयोजना गरेको दिल कुमार अवालले जानकारी गराए । सो कार्यक्रम नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रको प्रमुख आतिथ्यमा भएको थियो ।

कार्यक्रममा नेता मिश्रले महिलाहरुलाई सीपमूलक तालिम दिनु भनेको उनीहरुको आर्थिक स्तर अभिवुद्धि गर्नु हो । यस्ता कार्यक्रमले उनीहरुको परिवारको आर्थिक अवस्था राम्रो बनाउँन मद्धत पुग्ने धारणा राखे । जिल्ला समन्वय समितिका प्रतिनिधि कार्यक्रमका विशेष अतिथि बलदेव घोडासाइनेले यो कार्यक्रमले कम्तीमा महिलालाई रोजगारीको अवसर सृजना गर्न मद्दत पुग्ने वताए ।

कार्यक्रमको प्रमुख प्रशिक्षण राधा हुमागाईले तालिम लिए पछि काम शूरु गर्न महिलाहरुलाई उत्साहित पार्ने प्रशिक्षण दिइन् । निरज थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जेष्ठ नागरिक नरवहादुर थापाले पनि बोलेका थिए, भने कार्यक्रमको संचालन दिलकुमार अवालले गरेका थिए । कार्यक्रममा २० जना महिलाको सहभागिता रहेको थियो ।