Banner News

प्रधानमन्त्रीले भने–मधेस केन्द्रित दलको सहभागितामा निर्वाचन हुन्छ, त्यो मलाई विश्वास छ



काठमाडौ,१६ चैत्र ।प्रधानमन्त्री दाहालले यस पटक देशका सबै राजनीतिक दलको सहमतिले निर्वाचन होस् र राजनीतिक स्थिरताको वातावरण बनोस् भन्ने चिनियाँ पक्षको चासो रहेको बताएका छन । उनले स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा वताएका हुन् ।

निर्वाचन कुनै पनि हालतमा हुने बताउँदै प्रधानमन्त्री दाहालले भने– “मधेस केन्द्रित दलको सहभागितामा निर्वाचन हुन्छ, त्यो मलाई विश्वास छ ।”

संविधान संशोधनका विषयमा सीमाङ्कनमा मात्र सबै समस्या हो, अन्य विषयमा कुनै समस्या छैन । संविधान संशोधन अहिले नै गर्ने हो भन्दै उनले सहमति गर्न बाँकी रहेका विषयमा केन्द्रीय निर्वाचनभन्दा अघि टुङ्ग्याइने स्पष्ट पारे ।