मनोरञ्जन

नेपाल फेसन आइकन २०१७’मा २० प्रतियोगी



काठमाडौं, २३ चैत । ‘नेपाल फेसन आइकन २०१७’का २० प्रतियोगी प्रशिक्षणमा जुटेका छन् ।

राजधानीमा आयोजित बिभिन्न अडिसनबाट छानिएका यी प्रतियोगीले अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुटेको आयोजक रनवे नेपालकी सिइयो चाँदनी लामिछानेले जानकारी दिएकी छन् ।

महिला तथा पुरुषको सौन्दर्य, प्रतिभा निखार्दै नेपाली मोडलिङ र फेसन जगतमा नयाँ आयाम थप्नुका साथै नेपाली प्लेटफर्ममा आवश्यक मोडल उत्पादन गर्ने मुख्य उदेश्यले प्रतियोगीता आयोजना हुँदै आएको हो ।

१० महिला र १० पुरुष प्रतियोगी अन्तिम स्पर्धाका लागि छानिएका छन् । छानिएका प्रतीयोगीले ट्यालेन्ट राउन्ड र प्रिजजिंग पछि मात्र अन्तिम प्रतिस्पर्धामा सहभागी हुन पाउँनेछन् ।

प्रतियोगीले बानेस्वर स्थित स्पा क्लबमा अनुभवी प्रशिक्षकद्धारा ब्यक्तित्व बिकाश, रन वे नलेज , सेल्फ ड्रेस अप, फोटो सुट ,सेलिब्रेटी गेष्ट क्लास (अभिनेता , अभिनेत्री तथा मोडल ,मिडिया पर्सनबाट), पब्लिक स्पिकिङ लगायत बिषयमा प्रशिक्षण लिनेछन् ।

प्रतियोगीतामा शिर्ष सहित बिभिन्न आधा दर्जन बिधामा बिजेता घोषणा गरिनेछ, भने बिभिन्न अवसरहरु पुरस्कारको रुपमा जित्न सक्नेछन् ।