राजनीति

वैशाख २५–३१ सम्म शिक्षण संस्था र ३१ गते सार्वजनिक बिदा



काठमाडौँ, २२ वैशाख । सरकारले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख २५ गतेदेखि ३१ सम्म प्रदेश नं। ३, ४ र ६ का ३४ जिल्लाका सबै शिक्षण संस्थालाई बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी निर्वाचनका दिन वैशाख ३१ गते सबै सरकारी कार्यालय, अर्धसरकारी र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने जनाएको छ ।