Banner News

आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेकामा स्पष्टीकरण



काठमाडौँ, २३ वैैशाख । निर्वाचन आयोगले ललितपुर महालक्ष्मी नगरपालिकामा सङ्घीय समाजवादी फोरम, नेपाल र नयाँ शक्ति पार्टी नेपालले निर्वाचन आचारसंहिताविपरीत मोटरसाइकल ¥याली निकालेको जनाउँदै प्रमुखका उम्मेदवार जनक थापालाई २४ घन्टाभित्र स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।

प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले अनुगमनको क्रममा सप्रमाण फेला पारी तत्काल ¥याली रोक्न निर्देशन दिएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रमुखका उम्मेदवार थापाले प्रचारप्रसारका लागि वैशाख २३ गते दिनको १२ः३० बजे निर्वाचन आचारसंहिताविपरीत सात दोबाटा– कृष्णमन्दिर क्षेत्रमा मोटरसाइकल ¥याली निकालेको आयोगले जनाएको छ ।

स्पष्टीकरणमा भनिएको छ,– ‘‘निर्वाचन आचारसंहिता विपरीत काम कारबाही गरेको कसुरमा हदैसम्मको कारबाही किन नगर्ने रु कारबाही गर्नु नपर्ने कुनै कारण भए प्रस्तुत पत्र प्राप्त भएको मितिले चौबिस घन्टाभित्र आयोगसमक्ष स्पष्टीकरण पेस गर्नु हुन आदेशानुसार अनुरोध छ ।’’

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ५ को ‘क’ को १३ मा ‘‘निर्वाचन प्रचारप्रसारको क्रममा मोटरसाइकललगायत मानिस वा मालसामान ढुवानी गर्न प्रयोग हुने साइकल, रिक्सा, टाँगा, एक्का तथा गोरुगाडाजस्ता सवारी साधनको ¥याली गर्न वा गराउन नहुने’ उल्लेख छ ।

सेतोपाटीलाई पनि निर्देशन

यसैबीच, आयोगले निर्वाचन आचारसंहिताविपरीत सेतोपाटी डटकमले काठमाडौंँ महानगरपालिका मतदातालाई ‘हामीले सोध्यौँं तपार्इं कसलाई भोट हाल्नुहुन्छ किन ’ भन्ने शीर्षकमा मत सर्वेक्षण तथा मतदाताको धारणा सङ्कलन गरेकोप्रति सख्त ध्यानाकर्षण भएको जनाएको छ ।

आम जनताले आफूले कसलाई मत दिने र किन दिने भन्ने विषय गोप्य राख्न पाउने कानुनी प्रावधानलाई बेवास्ता गरी नागरिक हकविपरीत सर्भेक्षण कार्य गर्न निर्वाचन आचारसंहिता प्रतिकूल हुने भएको हुँदा अब आइन्दा यस प्रकारका सूचना, सन्देश र सर्वेक्षण गरी सार्वजनिक नगर्न÷नगराउन आयोगले उक्त मिडियालाई निर्देशन दिएको छ ।

निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद २ दफा ४ को ९त० मा उम्मेदवारको मनोनयन दर्ता भएको मितिदेखि मतपरिणामको घोषणा नभएसम्म उम्मेदवार वा राजनीतिक दलको परिणामको सम्बन्धमा मत सर्वेक्षण गर्न वा त्यस्तो सर्वेक्षणको परिणाम घोषणा गर्न नहुने उल्लेख छ