Banner News

एकता संयोजन समितिको बैठकमा एजेण्डा तय गर्न आज पनि ओली –दाहाल भेटवार्ता



भक्तपुर,६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गरेका छन् ।

ओली निवास बालकोटमा भएको छलफलम भोलि ३ बजे संयोजन समितिको बैठक बस्ने सहमति भएको हो । भेटपछि संक्षित प्रतिक्रिया दिादै प्रचण्डले भने, ‘बैठकका एजेण्डा र लिने निर्णयबारे छलफल भएको छ ।’

नेताहरुकाअनुसार भोलिको बैठकमा प्रदेश सरकार र राष्ट्रियसभा निर्वाचनबारे गृहकार्य गर्न बनेको कार्यदलले औपचारिक रुपमा रिपोर्ट बुझाउनेछ ।

कार्यदलले राष्ट्रियसभाका ४३ सिटमा २९ एमाले र १४ माओवादीले पाउने सहमति जुटाएको छ । मुख्यमन्त्री र सभामुखबारे भने सहमति जुट्न बााकी छ । माओवादीले दुई मुख्यमन्त्री पाउने देखिएको छ भने सभामुख ४ दाबी गरेको छ । एमालेले सभामुख पनि २ लिन भनेको छ ।

कार्यदलको रिपोर्टमा आवश्यक परे सामान्य हेरफेर गरेर अघि बढ्न दुबै अध्यक्ष सहमत छन् ।

भोलिको बैठकमा वैचारिक राजनीतिक तथा संगठन र नेतृत्वबारे छलफल हुने नेताहरुले बताएका छन् । पार्टीको नेतृत्वबारे दुई अध्यक्षबीच कुराकानी भएको तर, ठोस सहमतिमा नपुगिसकेको नेताहरु बताउाछन् ।