अर्थ

महेशले भने– सूर्यविनायकले देशमै पहिलो सहकारी ऐन बनायो



भक्तपुर, १८ चैत्र । न्याय नपाए गोरखा जानु, विकासको कार्य सिक्न सूर्यविनायक नगरपालिका आउनु भन्दै नेकपा एमालेका युवा नेता तथा सांसद महेश वस्नेतले देशकै पहिलो सहकारी ऐन आफै वनाउन सफल तथा देशकै विकासको मार्गदर्शक नगरपालिकाको रुपमा सूर्यविनायक नगरपालिका रहेको बताएका छन् ।

आज ६१ औं सहकारी दिवशको अवसरमा सूर्यविनायक नगरपालिकाले आयोजना गरेको कार्यक्रममा वोल्दै सांसद वस्नेतले सहकारीको माध्यमवाट पुँजी परिचालन गरी भक्तपुरमा ठूला ठूला उद्योगहरु संचालन गर्न सकिने बताएका छन् । भक्तपुरको भौगोलिक, आर्थिक, सामाजिक, वातावरणीय रुपमा शिरदेखि पाउसम्म नै प्रकृतिको उपहार नै रहेकोले यसलाई मानव जीवनकै अभिन्न अंगको रुपमा सदुपयोग गर्न आग्रह गरेका छन् ।

 

त्यस्तै कार्यक्रममा वोल्दै प्रदेश सांसद शसि जंग थापाले सहकारीले कसैको पैसा राख्ने र निकाल्ने कार्य मात्र गर्नु भन्दा पूँजीको सदुपयोग गर्दै आफ्नो ठाउँमा रोजगारीको सिर्जना गर्नको निम्ती विभिन्न किसिमका उद्योगधन्दा, कलकारखानाहरु संचालन गरी जनतालाई आत्मानिर्भर, परिणाम मुखी कार्य गर्दै जानुपर्ने धारणा व्यक्त गरेका छन् ।

 

त्यस्तै कार्यक्रममा वोल्दै राष्ट्रिय सहकारी वैङ्कका संचालक सरिता भट्टराईले बजारबाट गाउँ गाउँसम्म सहकारीको स्थापना गरी जनमुखी कार्य सहकारीले गर्दै आएको र त्यसवाट स्थानीय जनताले प्रत्यक्ष रुपमा लाभ लिदै आत्मानिर्भर भईरहेका बताएकि छिन् ।

त्यस्तै कार्यक्रममा वोल्दै सूर्यविनायक नगरपालिकाका नगरप्रमुख वाशुदेव थापाले सहकारीले सत्य, तथ्य तथा निस्पक्ष रुपमा कार्य गर्नको निम्ती कुनै पनि राजनैतिक दलको भरमा संचालन नगर्न आग्रह गरेका छन् । सहकारीले जनमुखी कार्य गर्नुपर्ने भन्दै प्रमुख थापाले नेपालकै पहिलो सहकारी ऐन वनाउन सूर्यविनायक नगरपालिका सफल भएको बताएका छन् ।