मनोरञ्जन

‘मिस्टर एण्ड मिस टिन’, ‘च्याम्प चितवन’ २० ७५  सम्पन्न



 बैशाख १३, चितवन । ‘मिस्टर एण्ड मिस टिन चितवन २०७५’ र ‘च्याम्प चितवन २०७५’को उपाधि सम्पन्न

‘च्याम्प चितवन २०७५’को सेलिसा आचार्य र अभियान पौडेलले जितेका छन् भने मिस्टर एण्ड मिस टिन चितवन २०७५’ अनु श्रेष्ठ र आयुष पाण्डे उपाधि चुमेका छन् ।

गैडाकोटको नारायणी नदी किनार स्थित होटल नारायणी रिर्साेर्टमा आयोजित प्रतियोगीमा दुबैले उपाधिका नगद १५, १५ हजार, साईकल, ट्रफ्रिसमेत हात पारे ।
प्रतियोगितामा बालिका तर्फको फष्ट रनर अफमा आयुषा काफ्ले र सेकेण्ड रनर अफमा अर्यान केसी भए । बालक तर्फ भने फष्ट रनर अफमा आर्यन पोख्ररेल र सेकेण्ड रनर अफ संयोग शर्मा चुनिए । मिस्टर एण्ड मिस टिन चितवन २०७५’उपाधि चुमेका अनु श्रेष्ठ र आयुष पाण्डे दुबैले समेत १५, १५ हजार रुपैयाँ, साईकल, ट्रफ्रि र प्रमाणपत्र पाए ।