मनोरञ्जन

हलमा ‘लम्फू’ सँगै ‘हिरोज’ र ‘मनाङ्गे नानी’



बैशाख २८, काठमाडौँ । आज फ्राईडे रिलिज तीन फिल्म प्रदर्शनमा आएका छन् ।

सलोन बस्नेत स्टारर ‘लम्फू’ करिश्मा मानन्दरको ‘हिरोज’ र ‘मनाङ्गे नानी’ फिल्मले हलमा व्यापारिक प्रतिस्पर्धा गर्न थालेको छन् ।

 ‘लम्फू’ मा कबिर खड्का, मरिश्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई (बालकलाकार), आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुंग, काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, झलक कार्की, थमन सिंह पुर्जा लगायतको अभिनय रहेको छ । गोपालचन्द्र लामिछाने निर्देशित यस फिल्मलाई शक्तिबल्दभ घोरासैनीले निर्माण गरेका हुन् ।

एनबी महर्जनको निर्देशन रहेको फिल्म ‘हिरोज’ ले बेरोजगारीको पीडा, महिला हिंसा, राजनैतिक विकृति, अन्याय विरुद्धको आवाज र प्रेमकथा प्रस्तुत गरेको छ । फिल्ममा करिश्मा मानन्धर, जयकिसन बस्नेत, पुर्णिमा लामा, मुकेश ढकालल गायतका कलाकारले अभिनय गरेका छन् ।

यस्तै, खुस बहादुर गुरुङ निर्देशित फिल्म ‘मनाङ्गे नानी’ मा भिम गुरुङ, शान्ती गुरुङ, कुशल गुरुङ, रिया गुरुङ, जेनिशा गुरुङ, खुसी गुरुङलगायतका कलाकारहरुको लिड अभिनय छ ।