मनोरञ्जन

फिल्म ‘दंगल’की जायरा वसीम डिप्रेशनमा



वैशाख २८ एजेन्सी ।  फिल्म ‘दंगल’ तथा सिक्रेट सुपरस्टार फिल्मबाट चर्चामा आएकी जायरा वसीमले आफु बाल्यकाल देखिनै डिप्रेशनबाट पीडित रहेको कुरा लेखेकी छिन् ।

१७ वर्षीया जायराले सामाजिक सञ्जालमा आफ्नो बिमारीका विषयमा लेखेकी छिन्, मलाई यस्तो बिमारी भएको चार वर्ष भयो’ । साथै उनले बिमारीकै कारण दिनमा पाँच वटा एन्टी–डिप्रेशनको गोलीहरु खाइरहेको लेखेकी छिन् । ‘डिप्रेशनका कारण मलाई कैयौं पटक एन्जाइटी अट्याक आउने गर्छ । थकित, एक्लो, रित्तो रित्तो र एकदमै डर महसुस गर्छु । कहिले धेरै सुतेर त कहिले सुत्नै नसकेर शरीर धेरै दुख्छ ।’ जसका कारण आफूलाई रातारात अस्पताल लैजानु परेको पनि लेखेकी छिन् ।

वसीमले २०१६ मा आमीर खानको फिल्म ‘दंगल’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । २०१७ मा आमीर खान प्रोडक्सनले निर्माण गरेको फिल्म ‘सिक्रेट सुपरस्टार’ मा उनले गरेको अभिनय त्यतिकै प्रशंसनीय थियो ।