मनोरञ्जन

‘शत्रु गते’ ५१ औं दिनमा प्रवेश, निर्माण टीमको खुसी बाढ्ने कार्यक्रम



बैशाख २९, काठमाडौँ । प्रदीप भट्टराई निर्देशित चलचित्र ‘शत्रु गते’ले  ५१ औं दिनमा प्रवेश गरेको छ ।

अझैपनि राजधानी भित्र र बाहिरका हलहरुमा प्रदर्शन भैरहेको छ ।  शनिवार साँझ फिल्म निर्माण टीमले सफलताको खुसी बाढ्ने कार्यक्रम राखेको छ ।

यस फिल्मले प्रदर्शनको ५१ औं दिनसम्ममा १२ करोड ग्रस कलेक्सन गरेको  छ । फिल्म गोपीकृष्ण, अष्टनारायण, गुण, क्यूएफएक्स, बिग मुभिज, सिटीम्याक्स, बाराहीलगायतका हलमा ५१ औं दिनमा पनि हाउसफुल छ ।

उक्त फिल्मले अष्ट्रेलियामा ४० र अमेरिकामा ५० शोसम्म पाउने नेपाली फिल्मको इतिहासमै यो पहिलो पटक हो ।

सो फिल्ममा पल शाह, आँचल शर्मा, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, प्रियंका कार्की, दीपाश्री निरौला, शिवहरी पौडेल, रमेश रञ्जन झा लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ ।