मनोरञ्जन

‘बबी’ फिल्मको विश्व प्रिमियर शो नर्वेमा  



बैशाख २९, काठमाडौं । नेपाली चलचित्र ‘बबी’को विश्व प्रिमियर शो नर्वेमा शुक्रबार भएको छ ।

चलचित्रका निर्देशक मिलन चाम्सले उत्साहित हुदै मिठो सफल मुस्कान सहित बताएका छन् । उनले भने नर्वेको कल्चरल डिपार्टमेन्ट प्रमुख थारिया ग्लोपन को समेत सहभागिता रह्यो । उनले आगामी दिनमा नेपाली चलचित्र क्षेत्रसंग समन्य गरेर अगाडी वढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्  । यो नेपाली चलचित्र क्षेत्र को लागी गर्वको विषय हो । हलको नाम भिका सिनेमा आयोजक – हाम्रो इवेन्ट रहेको थियो ।

निर्माता, कलाकार र निर्देशकको सहभागितामा रेड कार्पेट प्रिमियर आयोजना गरिएको थियो । नर्वेली उपशीर्षक समेत राखिएकाले हेर्ने दर्शक बढेको र प्रतिक्रिया पनि व्यापक मिलेको तथा चार सयभन्दा बढी नर्वेली नेपाली, नर्वे, स्वीडेन, इङ्लेण्ड, स्कटल्याण्ड, माल्टा, पोर्चुगल, स्पेन, टुनिसिया, निग्रीया, सोमालिया, श्रीलङ्का, भुटान, वुर्मा, नाइजेरिया, म्यानमार लगायत देशहरुका दर्शकहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रिमियर शो हेरेपछि अधिकाशं दर्शकहरुले फिल्मलाई सुखद प्रतिक्रिया दिएको मुख्य कलकार विजय लामाले बताएका छन् ।