मनोरञ्जन

जोनको ‘परमाणु’ ट्रेलर रिलिज (ट्रेलरसहित )



 बैशाख ३०, एजेन्सी । बलिउड अभिनेता जोन अब्राहमको फिल्म ‘परमाणु – द स्टोरी अफ पोखरण’ को ट्रेलर रिलिज भएको छ ।

बम्बई हाईकोर्टमा फिल्मसँग सम्बन्धित मामलामा भइरहेको प्रगतिपश्चात जेए इन्टरटेनमेन्ट, जी स्टूडियोज र काइटा प्रोडक्सनको ब्यानरबाट२५ मेमा  रिलिज हुँदैछ ।

फिल्मको कहानी ६ जनाको वरिपरि घुम्छ, जो दुनियाँदेखि लुकाएर पोखरणको सिमामा भारतका लागि परमाणु परीक्षण गर्ने गर्दछन् ।

फिल्मको निर्देशन अभिषेक शर्माले गरेका हुन् । जोनको होम प्रोडक्शन हाउसमा निर्मित ‘परमाणु’ मा डायना पेन्टी र बोमन इरानीको पनि प्रमुख भूमिका छ । जोनले फिल्ममा आर्मी अफिसरको भूमिका निर्वाहा गरेका छन् ।

ट्रेलर 

https://www.youtube.com/watch?v=XQFb12N0Arc