मनोरञ्जन

कान्समा ऐश्वर्याको १७ औं वर्ष : फिल्म फेस्टिबलको रेड कार्पेटमा



बैशाख ३०, एजेन्सी । ऐश्वर्या राय शनिबार राती कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा देखिइन् ।

१७ वर्षदेखि उनी लगातार कान्समा उपस्थित भइरहेकी छिन् । ऐश्वर्या कान्समा कस्मेटिक ब्रान्ड लरियल पेरिसको तर्फबाट भारतको प्रतिनिधित्व गरिरहेकी छिन् ।

रेड कार्पेटमा इन्ट्रि अघि ऐश्वर्यालाई छोरी आराध्यासँग देखिएको थियो । उनी दुई दिन अघि मात्र इन्स्टाग्राममा जोडिएकी हुन् ।