राजनीति

युवा संघ नेपालको २८ औं स्थापना दिवस : विशेष अभियानको सुभारम्भ हुँदै



बैशाख ३०, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले आगमि जेष्ठ १ गते आफ्नौ २८ औं स्थापना दिवश मनाउँदै विशेष अभियानको सुभारम्भ गर्ने भएको छ ।

संघका केन्द्रिय अध्यक्ष रमेश पौडेलले समृद्दीलाई युवा संघले कार्यन्ययनका निमित्त जेठ एक गते राष्ट्रिय अभियान घोसणा गर्ने बताएका छन् । राजधानीको तृचन्द्र क्याम्पसमा युवा संघ नेपाल केन्द्रिय अन्तरजिल्ला र केन्द्रिय समृद्दी बिभागद्वारा आयोजित बृहत् युवा भेलालाई सम्बोधन गर्दै अध्यक्ष पौडेलले सन् २०३० सम्ममा मुलुकलाई बिकसित बनाउने साझा लक्ष्यमा पुग्न युवाहरु योजनाबद्द परिचालित हुने बताएका छन् । उनले भने अब हामी समृद्दी प्राप्त गर्न विशेष कार्यक्रम अगाडि सार्छौ र मुलुकमा ब्याप्त बेरोजगारी समस्या समाधानका लागि सिपमुलक शिक्षा र ब्यवाहारिक शिक्षा नै प्रमुख रहेको र स्वदेशमा आम युवालाई आत्मासम्मानका साथ बस्ने वातावरण अब बन्ने बताएका छन् । प्रत्येक वर्ष बिदेसिने युवालाई यहि अवसर सृजना गरिने र राष्ट्रिय बिकासको अभियानमा जोड्न समृद्दी र सुसासनका लागि युवा अभियान सुरु गर्न लागिएको बताएका छन् ।

कार्यक्रममा युवा संघ वरिष्ठ उपाध्यक्ष्य किरण पौडेल उपाध्यक्ष्य पर्शुराम बस्नेत महासचिव नरेश साही सचिव बच्चन सिङ्ह पुर्ण लामा लगायतले मन्तब्य राख्दै जेठ एक गतेको स्थापना दिवसको तयारी कार्यक्रम तिब्र भइरहेको बताएका छन् ।