Banner News

सर्वोच्चद्वारा ‘सिधा कुरा’ को सामग्रीसँग सम्बन्धित समाचार प्रकाशन र शेयर नगर्न आदेश



काठमाडौँ, १८ वैशाख । सर्वोच्च अदालतले ‘सिधा कुरा डटकम’ को विवादित सामग्रीसँग सम्बन्धित समाचार पुन: प्रकाशन, प्रसारण तथा शेयर नगर्न सूचनामार्फत् आदेश गरेको छ ।

सर्वोच्चको सिधा कुराको श्रव्यदृष्य सामग्री २४ घण्टाभित्र हटाउन गरेको आदेशले प्रेस स्वतन्त्रतामाथि प्रहार भएको भन्दै पत्रकार महासंघसहित विभिन्न संघ-संगठनले आपत्ति जनाइरहेका छन् । यही आलोचनाबीच सर्वोच्चका रजिष्ट्रार विमल पौडेलको हस्ताक्षरमा एक सूचनामार्फत् उक्त सामग्री पुन: प्रकाशन नगर्न र कतै शेयर नगर्न नगराउन ठाडो आदेश दिइएको छ ।