मनोरञ्जन

सोनमले गरिन् ऐश्वर्याको यस्तो प्रशंसा



बैशाख ३१, एजेन्सी । बलिउड नायिका सोनम कपुरले  ऐश्वर्या रायलाई  ऐश्वर्यासँगको आफ्नो एउटा फोटो सेयर गर्दै लेखिन्, ‘मेरी गर्जियस को-एम्बेसडर इन्स्टाग्राममा आएकी छिन् । उनलाई स्वागत छ ।’ भनेर प्रशंसा गरेकी छिन् ।

सोनमको बिहेको रिसेप्सनमा ऐश्वर्या अभिषेक बच्चनसग पुगेकी थिइन् । सोनम आफैंले ऐश्वर्यालाई भेटेर निमन्त्रणा गरेपछि उनी आएकी हुन् । त्यसअघिसम्म उनीहरुबीच पानी बाराबारको स्थिति थियो । तर, ऐश्वर्या सोनमको बिहेमा आएपछि उनीहरुबीच तिक्तता मेटिएको छ ।

सोनम र ऐश्वर्या लरियल पेरिसका ब्रान्ड एम्बेसडर हुन् । सन् २००९ मा कस्मेटिक ब्रान्ड लरियल पेरिसले सोनमलाई संयुक्त ब्रान्ड एम्बेसडर बनाउँदा ऐश्वर्या रुष्ट भएको खबर आएको थियो । उनले त्यतिबेला सोनमसँग रेड कार्पेटमा हिँड्न अस्वीकार गरेकी थिइन् । यता सोनमले पनि त्यसको बदला लिँदै एक कार्यक्रममा ऐश्वर्यालाई ‘आन्टी’ भनेर सम्वोधन गरिन् । आफ्नो बुवा अनिल कपुरको अपोजिटमा फिल्म गरेको हुनाले उनलाई आन्टी भनेको सोनमको स्पष्टोक्ति थियो । योही निउमा उनीहरुको बोलचाल बन्द

 अहिले भने उनीहरु फ्रान्समा आयोजित कान्स फिल्म फेस्टिबलमा उनीहरु दुवैले भाग लिइरहेका छन् ।