मनोरञ्जन

‘तिम्ले बाटो फेर्‍यौ अरे’ युटुवमा करोड क्रस



जेठ १, काठमाडौं ।  गीतकार तथा लेखक  दर्पण राईको ‘तिम्ले बाटो फेर्‍यौ अरे’ गीत लाई युटुवमा करोडौ बढी दर्शकको माया मिलेको छ ।

सोमबार राजधानीमा गीतले एक करोड भ्यु क्रस गरेको उपलक्ष्यमा एमएमएस ईन्टरटेन्टमेन्टले सेलिव्रेशन कार्यक्रम आयोजना गरेका थिए  । कार्यक्रममा राई इज-किङ राजेशपायल राई र गायिका मेलिना राईले यसै अवसरमा केक काटेका थिए ।

 चर्चित कलाकार शिशिर भण्डारीले सञ्चालन गरेको कार्यक्रममा राजेशपायल, मेलिना र जिग्मेले ‘तिम्ले बाटो फेर्यौ अरे’ गीत प्रस्तुत गरेका थिए । कार्यक्रममा डान्सर प्रेरणा राईले नृत्य प्रस्तुत गरेकी थिइन् । बाल गायक आयुष केसीले ‘यो मुटु दुख्छ किन’ बोलको गीत गाएका थिए । कार्यक्रममा कलाकारिता र गीत संगीतलाई माथि लैजान महत्वपुर्ण भुमिका रहेको भन्दै दर्जन बढी पत्रकारलाई खादाले सम्मान  गरिएको थियो ।