मनोरञ्जन

‘एउटा यस्तो प्रेम कहानी’ को टीजर रिलिज, कविताको डेब्यु



जेठ १, काठमाडौँ ।  दिपेश सापकोटा निर्देशीत फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।

अभिनेता आयुष्मान देशराज जोशी र संजोग राणा तथा अभिनेत्री द्वय प्रियंका कार्की र वर्षा राउतलाई टीजरमा देखिएको छ ।

 ‘एउटा यस्तो प्रेम कहानी’ मा नरेन खड्का, बिष्णु चेम्जोंग, रेखा फागो, बसुन्धरा भुषाल, किरण केसी, मिथिला शर्मा, ध्रुव कोइरालालगायतका कलाकारहरुको पनि अभिनय छ ।

निर्माता यशोदा राई र दिनेश दर्शनधारीले शिवसँग मिलेर यस फिल्मको निर्माण गर्दैछन् । यसको कथा शिव आफैंले लेखेका हुन् ।

टीजरसँगै यस फिल्मबाट अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता मानन्धर र शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठले डेब्यु गर्दैछन् । टीजरमा भने यी दुई अटेका छैनन् ।

टीजर