मनोरञ्जन

नायीका माधुरीको आज जन्मदिन, हर्नुहोस् कति पुगिन



 जेठ १, एजेन्सी । बलिउड नायीका माधुरी दीक्षितको आज जन्मदिन हो ।

माधुरी आज ५१ वर्षकी भएकी छिन् । माधुरीले कैयौं हिट फिल्ममा काम गरिन् । एक समय फिल्ममा काम गर्ने महिला कलाकारमध्ये सबैभन्दा धेरै पारिश्रमकि लिने कलाकार माधुरी बनेकी थिइन् ।

कुनै बेला माधुरीको क्रेज यतिसम्म थियो कि उनका फ्यान पाकिस्तानमा पनि अत्याधिक थिए । कश्मीरको सीमामा भारत पाकिस्तान युद्ध भइरहेका बेला पाकिस्तानीहरुले ‘हामी कश्मीर छोडिदिन्छौं हामीलाई माधुरी दीक्षित देउ’ भनेको चर्चा अहिलेसम्म चलिरहन्छ ।

संसारका निकै चर्चित चित्रकार एमएफ हुसेन माधुरीका निकै ठूला फ्यान थिए । उनले माधुरीको फिल्म ‘हम आपके हैं कौन’ ६७ पटक हेरेका थिए ।