सम्पादकीय

तीन महिनाभित्र संगठन व्यवस्थापन



काठमाण्डौ ६ जेष्ट । नेतृत्व तहबाट व्यवस्थापनमा लागेको नेपाल कम्युनिस्ट पार्टी नेकपा ले तीन महिनाभित्र तल्लो तहसम्मैको संगठन व्यवस्थापनको तयारी थालेको छ । एमाले र माओवादी मिलेर बिहीबार मात्र एकीकरण भएको नेकपाका नेता केन्द्रीय सदस्यको नाम टुंगो लगाउन आन्तरिक गृहकार्यमा जुटेका छन् ।

महासचिव विष्णु पौडेलले भने, ‘केन्द्रीय कमिटीको नाम टुंगो लागेपछि प्रदेश, जिल्ला, क्षेत्र, नगरपालिका, गाउँपालिका, वडा कमिटीका साथै भातृ संगठन, सम्पर्क कमिटीहरूको तीन महिनाभित्र एकीकरण भइसक्छ ।’

पौडेलले पार्टीका कमिटीका साथै भ्रातृ संगठनहरूको पुनर्गठन गर्नेलगायतका विषयमा मापदण्ड बनाउने काम जारी रहेको बताए । सबैभन्दा शक्तिशाली कमिटी केन्द्रीय सचिवालय हो । एकीकरण घोषणासँगै सचिवालय घोषणा गरिएको थियो । ९ सदस्यीय सचिवालयले पार्टी सञ्चालनसम्बन्धी निर्णय गर्नेछ । सचिवालयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल छन् ।४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहने सहमति भइसकेको छ । ४५ सदस्यीय स्थायी कमिटीमा २६ एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ एमालेबाट र २ सय माओवादी केन्द्रबाट रहनेछन् ।
पार्टीको केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागेपछि प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीको एकीकरण प्रक्रिया अघि बढ्नेछ । तत्कालीन एमाले र माओवादी केन्द्रका नेताले आआफ्ना तर्फका सदस्यको नामा टुंगो लगाउन आन्तरिक गृहकार्य जारी राखेका छन् । पोलिट ब्युरो कमिटीमा बढीमा १३५ जना सदस्य रहनेछन् ।
पार्टीको विधान मस्यौदा कार्यदलले २९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्दा मातहत कमिटीहरूको आकार पनि सोही अनुपातमा राखिएको थियो । तर, ४४१ केन्द्रीय सदस्य हुने भएपछि अन्य कमिटीको आकार पनि सोहीअनुसार बढ्ने तयारी भएको बताइएको छ ।
यसअघि प्रदेश कमिटी १५१ सदस्यीय हुने र जिल्ला कमिटी न्यूनतम ७५ सदस्यीय हुने प्रस्ताव थियो । यसैगरी, महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय, नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुने प्रस्तावमा उल्लेख गरिएको थियो ।
कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणपछि अब पूर्वपार्टीका मातहत कमिटी र जनवर्गीय संगठनहरू पनि स्वतः भंगको भएको बताए । उनले भने, ‘अब सबै संगठन एकीकरणको प्रक्रियामा जान्छन् । एकीकरण गर्दा कसरी गर्ने भन्ने मापदण्डको अभ्यासमा लागेका छौं ।’
शुक्रबार पार्टीका अध्यक्षद्वयसहित सचिवालय सदस्य पार्टीका केन्द्रीय कार्यालयको अवलोकन गर्न व्यस्त भएकाले बैठक बस्न सकेन । तत्कालीन एमाले केन्द्रीय कार्यालय रहेको धुम्बाराहीबाट पार्टीको केन्द्रीय कार्यालय र तत्कालीन माओव४५ सदस्यीय स्थायी कमिटी र ४४१ सदस्यीय केन्द्रीय कमिटी रहने सहमति भइसकेको छ । ४५ सदस्यीय स्थायी कमिटीमा २६ एमालेबाट र १९ माओवादी केन्द्रबाट रहनेछन् । ४४१ केन्द्रीय सदस्यमा २४१ एमालेबाट र २ सय माओवादी केन्द्रबाट रहनेछन् ।
पार्टीको केन्द्रीय कमिटीमा रहने नेताहरूको टुंगो लागेपछि प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीको एकीकरण प्रक्रिया अघि बढ्नेछ । तत्कालीन एमाले र माओवादी केन्द्रका नेताले आआफ्ना तर्फका सदस्यको नामा टुंगो लगाउन आन्तरिक गृहकार्य जारी राखेका छन् । पोलिट ब्युरो कमिटीमा बढीमा १३५ जना सदस्य रहनेछन् ।
पार्टीको विधान मस्यौदा कार्यदलले २९९ सदस्यीय केन्द्रीय कमिटी प्रस्ताव गर्दा मातहत कमिटीहरूको आकार पनि सोही अनुपातमा राखिएको थियो । तर, ४४१ केन्द्रीय सदस्य हुने भएपछि अन्य कमिटीको आकार पनि सोहीअनुसार बढ्ने तयारी भएको बताइएको छ ।
यसअघि प्रदेश कमिटी १५१ सदस्यीय हुने र जिल्ला कमिटी न्यूनतम ७५ सदस्यीय हुने प्रस्ताव थियो । यसैगरी, महानगरपालिका कमिटी ७५ सदस्यीय, उपमहानगरपालिका कमिटी ६१ सदस्यीय, नगरपालिका र गाउँपालिका कमिटी ५१ सदस्यीय रहने तथा वडा कमिटी २५ सदस्यीय हुने प्रस्तावमा उल्लेख गरिएको थियो ।
कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकीकरणपछि अब पूर्वपार्टीका मातहत कमिटी र जनवर्गीय संगठनहरू पनि स्वतः भंगको भएको बताए । उनले भने, ‘अब सबै संगठन एकीकरणको प्रक्रियामा जान्छन् । एकीकरण गर्दा कसरी गर्ने भन्ने मापदण्डको अभ्यासमा लागेका छौं ।’
शुक्रबार पार्टीका अध्यक्षद्वयसहित सचिवालय सदस्य पार्टीका केन्द्रीय कार्यालयको अवलोकन गर्न व्यस्त भएकाले बैठक बस्न सकेन । तत्कालीन एमाले केन्द्रीय कार्यालय रहेको धुम्बाराहीबाट पार्टीको केन्द्रीय कार्यालय र तत्कालीन माओवादी केन्द्रको केन्द्रीय कार्यालय रहेको ठाउँबाट भातृ संगठनको केन्द्रीय कार्यालय सञ्चालन गर्ने तयारी भएको छ । दुवै पार्टीको कार्यालयमा रहेका बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी लेखिएको बोर्ड राखिएको छ । ादी केन्द्रको केन्द्रीय कार्यालय रहेको ठाउँबाट भातृ संगठनको केन्द्रीय कार्यालय सञ्चालन गर्ने तयारी भएको छ । दुवै पार्टीको कार्यालयमा रहेका बोर्ड हटाएर नेपाल कम्युनिस्ट पार्टी लेखिएको बोर्ड राखिएको छ ।राजधानी मा समाचार छ ।