मनोरञ्जन

‘वीराङ्गना’को ट्रेलर रिलिज (ट्रेलर सहित)



असार ४, काठमाडौँ । राजबहादुर सानेको निर्देशनमा रहेको फिल्म ‘वीराङ्गना’को ट्रेलर रिलिज भएको छ । असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्मको ट्रेलरमा शिल्पा र अनुपको एक्सन अवतार देखाइएको छ ।

प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको अभिनय रहेको छ ।  फोर्थ आई मुभिजको ब्यानरमा निर्माण भएको फिल्मलाई  बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका छन् ।

फिल्ममा दिपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत, कविराज गहतराज र सुरेन्द्र बसेलको कोरियोग्राफी र  श्री श्रेष्ठको द्वन्द्व निर्देशन तथा हरि घले लामा र रामेश्वर कार्कीको छायांकन  रहेको छ  ।

ट्रेलर