मनोरञ्जन

फिल्म ‘यो पागल मन’को गीत रिलिज (भिडियो सहित)  



असार ५, काठमाडौँ । असार २९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘यो पागल मन’को ‘मार्‍यो मार्‍यो’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा अभिनेता विनोद न्यौपाने र अभिनेत्री ऋचाको  फिचर रहेको छ  । दयाराम पाण्डेको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको गीतमा कमल राइले कोरियोग्राफी गरेका छन् ।

फिल्ममा गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ, एनी कुँवरलगायतका कलाकारहरुको अभिनय रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको फिल्मलाई शम्भु सापकोटाले खिचेका हुन् ।

अनिल गौतमले सम्पादन गरेको फिल्मलाई कमल राइको कोरियोग्राफी र राजु किराँतीको द्वन्द निर्देशन रहेको छ ।

भिडियो