मनोरञ्जन

दीपिका र रणवीर विवाह नोभेम्बर १० मा हुने



असार ७, एजेन्सी ।  लामो समय प्रेममा रहेका  बलिउड अभिनेता रणवीर सिंह र  अभिनेत्री दीपिका पादुकोणको विवाह नोभेम्बर १० मा  हुने  भएको खबर सार्वजनिक भएको छ ।

विवाहको कार्यक्रम भारतभन्दा बाहिर इटाली वा भारतकै बेङ्लोर वा दुवै स्थानमा हुन सक्ने सम्भावना रहेको छ । अहिले दुवै परिवारमा विवाहको तयारी धमाधम चलिरहेको छ । दुलही पक्ष किनमेलका व्यस्त हुन थालिसकेका छन् भने अभिनेता रणवीर सिंह फिल्मी करियरको उचाइमा रहेको बेला भइरहेको विवाहलाई लिएर निकै उत्साहित छन् ।

दीपिका पनि विवाहका लागि भनेर समय साँचेर बसेकी छिन् । उनले पछिल्लो समयमा कुनै पनि फिल्म साइन नगर्नुलाई पनि विवाहसँग जोडेर हेरिएको छ ।