मनोरञ्जन

‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलीज (ट्रेलर सहित)



(असार २४, काठमाडौं) ।  ईश्वर थापा निर्देशीत चलचित्र  ‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर रिलीज भएको छ ।

अमेरिकामानै निर्माण भएको  फिल्मलाई  ड्रिम्स गेट नेपालको युट्युब च्यानलले ट्रेलरलाई सार्वजनिक गरेको हो ।  ट्रेलरमा नेपालीहरुको अमेरिका बसाई उनीहरुले साँचेको सपनालाई प्रस्तुत गरिएको छ ।

९ सेप्टेम्बरमा अमेरिकाको न्यूयोर्क र १६ सेप्टेम्बरमा ब्रानफर्ट सिटीमा प्रदर्शन हुने फिल्मलाई राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण  गरेका हुन ।

उक्त फिल्ममा बाबु बोगटी, नन्दिता केसी, ईशान ढकाल, प्रवेश उप्रेत, राजेश गुरुङ, क्रिश थापा, स्मृति पोखरेल, जांगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

ट्रेलर