मनोरञ्जन

गायीका निशाको ‘सँधैलाई’ बोलको गीत रिलिज (भिडियो सहित)



असार २८, काठमाडौँ  । गायीका निशा कंडेलको ‘संधैलाइ’ बोलको म्युजिक भिडियो रिलिज भएको छ ।

अमन प्रधानको शब्द तथा संगीत रहेको गीतमा  गायीका कंडेलको पहिलो सांगीतिक कोसिली रहेको छ ।  गीतमा  मायामा परेको र आफ्नो प्रेमी प्रति संधै समर्पित भाव बोकेको देख्न सकिन्छ ।

बिजेश पौडेलको सम्पादन रहेको गीतलाई चक्र महर्जनले छायांकन गरेका छन् भने राहुल प्रधानको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका स्वयम् र अमन प्रधानको अभिनय रहेको छ ।