मनोरञ्जन

सञ्जू’ को कमाई ५ सय करोड नाग्यो



असार ३०, एजेन्सी। राजकुमार हिरानी निर्देशित फिल्म तथा सुपरस्टार सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जू’ वर्ल्ड वाइड ५ सय भन्दा बढीको कमाई गरिसकेको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शको ट्वीटका अनुसार, रिलिजको दोस्रो हप्तामा फिल्मको ग्रस वर्ल्ड वाइड कलेक्सन ५ सय बढी गरेको छ । फिल्मले इन्डियामा नेट बक्सअफिसमा अहिलेसम्म २९५.१८ करोडको कमाई गरिसकेको छ ।

 ‘सञ्जू’ मा रणबीरसँगै परेश रावल, मनीषा कोईराला, करिश्मा तन्ना, जिम सर्भ, विक्की कौशल, सोनम कपूर र अनुष्का शर्मा लगायतका  अभिनय रहेको छ ।