मनोरञ्जन

‘मिस वल्र्ड डाइभर्सिटी’को उपाधी नेपालकी युनितालाई



असार ३२, एजेन्सी । दुवईको अरेबिया पार्क होटेलमा आयोजना भएको ‘मिस वल्र्ड डाइभर्सिटी’मा नेपालकी युनिता खत्रीले उपाधी जित्न सफल भएकी छिन् ।

युनिता यसअघि ‘मिस ई–कलेज २०१६’मा सेकेन्ड रनरअप भएकी थिइन् । ‘मिस राजधानी’मा ‘मिस वल्र्ड’ शिर्षक अन्तर्गतको उपाधि जितेपछि उनलाई सोही उपाधीले डाइभर्सिटीको प्रतियोगी बनाएको थियो ।

खत्रीले आफूलाई अन्तष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउने साथै देशलाई अन्तराष्ट्रिय स्तरमा चिनाउने यो महत्वपुर्ण अवसर पनि हो भन्दै खुसि ब्यक्त गरेकी थिइन् ।

उनको यो वियजलाई प्रमुख अन्तराष्ट्रिय सुन्दरी प्रतियोगितामा नेपालको पहिलो महत्वपूर्ण विजय मानेका छन्।