विचार/ब्लग

बहस: डा. के. सी. को अनसन र सडक आन्दोलन



साउन ६, काठमाडौं । डा. केसीको अनसन र सडकआन्दोलनले अहिले मिडियाबाट पक्ष बपक्ष दुबै तर्फ राम्रो ठाऊ पाएको छ । सम्बिधानले दिएको अभिब्यक्ति स्वतन्त्रताकाे अधिकारको प्रयाेगका रुपमा यसलाई बहसमा लैजानु सान्दर्भिक पनि छ । यस सन्दर्भमा मेरा ५ व्यक्तिगत बिचार छन् ।

1. पहिलो यो घुमिफिरी राजनीति नै हो । नेपाली कंग्रेश, नयां शक्ति र विवेकशील साझा सडक र सदन दुबैमा जानु सामान्य कुरा हो । जनममतलाई अहिले देखि नै तान्न खोज्नु पनि राजनैतिक लगानी नै हो । सत्ता पक्षमा हुंदा त पार लाउन नसकेका माग प्रतिपक्षमा पुगेपछि कसरी पार लाग्ने नलाग्ने भविश्यले बताउला । 

2. दोस्रो मानव अधिकारबादीहरू सडकमा ग़एर अनसनकारीको जीवन रक्षाकासाथै प्रजातान्त्रिक अधिकारका बारेमा खबरदारी गर्नु पनि बेठिक हैन ।

3. तेस्रो जहाँसम्म प्रधानन्यायधिश जस्तो गरीमामय पदमा पुगिसकेकी शुशिला कार्कीको कुरा छ, उहाले सडकमा ग़एर अब देशमा आगो बल्छ भनि चुनौति दिनु सोर्है आना गलत हो । हामी सबैले ६ दशकको आन्दोलन र लाखौको बलिदानबाट विश्व कै उत्कृष्ट सम्बिधान बनाएको छौं । सम्बिधानले शिक्षा, श्वास्थ लगायत २१ वटा मौलिक अधिकारको गरेको छ जसको सुनिश्चितता गर्नु सरकारको कर्तव्य हो । यसका विरूद्ध शुशिला कार्की श्रीमानले तपाईहरू अदालतमा जानुस म बहस गर्छु र सरकारलाई आदेश गराउछु भन्ने लाईनमा जानु पर्थ्यो । यसले देशलाई कानुनी राज्यमा डोहोरियाउन सहज हुन्छ भन्ने मेरो जिकीर हो ।

4. चौथों कुरा जहासम्म माथेमा आयोग र आयगको सिफारिसको कुरा छ । नेपालमा नया सम्बिधान बनिसकेको छ । यो आयोग नेपालको सम्बिधान भन्दा माथि हैन । यसमा कुरा बाझिएमा सम्बिधान निष्कृय हुदैन सिफारिस नै निष्कृय हुने हो ।

5. पांचौ जहासम्म डा के सी को अनसनको कुरा छ । यो अहिलेको सरोकारका पालाको मात्र हैन । धेरै मागहरू जायज पनि छन् । तर सम्बिधानले सबैजसो सम्बोधन गरिसकेकाे छ । त्यसलाई चाडो भन्दा चाडो कार्यान्वयनमा लैजानु जरूरी छ । सरकारले सबै प्रदेशमा मेडिकल कलेज खेल्ने तैयारी गरिसकेका छन् । तर कुन ठाउमा खोल्न दिने कुन ठाउमा नदिने भनि सरकारले पनि भन्न गार्हो हुन्छ । पूर्व स्वीकृति लिएर अरबौको पूर्वाधार तैयार गरिसकेपछि क्षतिपूर्ति बीना स्वीकृति दिन्न भन्न सक्दैन । त्यसैले यस अनसनमा राजनीति मिसाउनु भन्दा सहमतिले निकास निकाल्नु उपयुक्छ हुन्छ । एउटा व्यक्तिको हटका कारण देश र सम्बिधान नै बन्धक बस्न कदापी सक्दैन ।

तेज बहादुर ढकाल