विचार/ब्लग

प्रसङ्ग नेपाल: राजतन्त्रको पुनर्बहाली



अहिले राजतन्त्र बारे नेपालमा केहि चासो बढ्दो देखिन्छ, राजाभन्दा पनि त्यस पछिका शासकको ब्रम्हलूट र देशमा युवा बस्नै नचाहने स्थितिले हो वा जनताले विश्वका अन्य राजतन्त्रात्मक (जस्तै जापान, बेलायत, भुटान तथा युरोपेली राजतन्त्रात्मक) देशसंग तुलना गरेर हो कुन्नी ।

युरोपेली राजतन्त्रमा गुनासो गर्ने ठाउँ देखिन्न, हाम्रो देशका अहिलेका राष्ट्रपति र उपराष्ट्रपति दुबैको भूमिकामा मात्र एउटा राजा छन् त्यहाँ, त्यो भन्दा बढी अधिकार राजालाई छैन, त्यसो गर्दा देश स्वतन्त्र व्यक्तिको हातमा जान्छ किनकि सरकार चलाउने पार्टीले मनपरी गर्दा यदि जनगुनासो बढ्यो भने राजाले प्रधानमन्त्रीलाई सम्झाउन सक्छन् । युरोपेली राजतन्त्रले गास, बास, कपास, शिक्षा, औषधोपचार, सामाजिक सुरक्षाको ग्यारेन्टी गरेको छ तसर्थ यदि निशुल्क भिसा दिने हो भने कम्तीमा ९० प्रतिशत नेपाली त्यहाँ नजालान् भन्न सकिन्न ।

नेपालमा अहिले सम्म सरकार चलाउने पार्टिका व्यावहार देखिए, महङ्गाइले आकाश छोएको छ, देशमा उद्योग धन्दा थपिएका छैनन् बरु भएकै पनि बन्द भए, पार्टी र तिनलाई चलाउने सबै सम्पन्न भए, LV, Gucci बोक्ने भए, हेलिकप्टर चढ्ने भए, मन्त्रीलाई दरबार बने तर जनता देश छोड्न आतुर छन् । राजावादी पार्टीले राजतन्त्र ल्याउने भन्छन् तर उहिले उहिलेका राजाका व्यवहार धेरैलाई मन परेको थिएन, अब ल्याउने राजतन्त्र बेलायत, युरोप वा जापानको जस्तो मोडेलको हो, केवल राष्ट्रपति र उपराष्ट्रपति हटाएर, चार चार वर्षमा दुई दुई जनालाई सुविधा सम्पन्न बनाउने नभएर एउटै मान्छेलाई बाचुन्जेल मूर्ति झैं स्थापना गर्ने हो, त्यसो गर्दा पार्टीको लूटतन्त्र र अस्थिर सरकार बन्ने सम्भावना घट्छ, जघन्य अपराधीलाई राजाले आम माफी दिंदैनन्, Guccci र LV लगाउनेले आफ्नै आयबाट लगाउन पर्छ र राज्यकोषबाट अहिले झैं अरबौं लिएर उपचारका नाउँमा विदेश जान पाइन्नँ जस्ता बूँदा राखेर जनतालाई अहिलेको राष्ट्रपति प्रणाली र बेलायती शैलीको राजतन्त्रका फाइदा बेफाइदा बारे सुसूचित गर्ने खालका सामाग्री प्रेषित गर्न सके बल्ल देशमा राजतन्त्रका लागी जनता अगाडी सर्लान् नत्र दशैंमा राजाको हातको टीका लगाएर मात्र वा हाम्रो राजा जिन्दावाद भनेर कुनै परिवर्तन हुने सम्भावना म देख्दिनँ । राजावादी पार्टीको ढंग नभएको हो वा तिनले फेरि पुरानै शैलीको राजतन्त्र खोजेका हुन् त्यति स्पष्ट देखिन्न, यदि । पुरानै शैलीको हो भने तिनले राजनीतिबाट अवकाश लिए वेस होला यदि युरोपेली शैलीको हो भने युरोप नदेखेका जनता लाई आवश्यक सामाग्री पुर्याउँदै सुसूचित गर्न पर्यो ।

भोज राज