विचार/ब्लग

दशैं: हाम्राे साझा माैलिक पर्व



दशैं कुमाउ गडवालदेखि नेपाल हुँदै दार्जिलिङ, भुटान, सिक्किम र म्यानमार सम्ममका नेपाली मुलका जाति तथा जनजातिहरुकाे परम्परागत माैलिक चाड हाे । याे बैदिक सनातनीहरुकाे साझा चाड हो । यहाँ बैदिक भन्दा चार वेद मात्र नभै मुन्धुम र त्रिपिटक लगायतलाई बुझ्नु पर्दछ । दशैंकाे मौलिकतामा सबै जाति र धार्मिक सम्प्रदायहरुकाे पनि ठूलाे याेगदान रहेकाे छ ।

सनातन धर्म संस्कृति यो ब्रह्माण्डको उत्पत्ति काल देखि चलि आएको हो । यो मानब मात्रको नभै देवता, दानब, यक्ष, गरुड र नागहरु समेतको धर्म हो । जस अनुसार अहिले हामी बुद्ध अवतारमा छाैं । कति सहिष्णु छ, हाम्राे संस्कृति । वलि प्रथाकाे बहस आफ्नै ठाउँमा छ । तर पनि एक थरि हिन्दुहरुले वलि चडाएर पूजा गर्छाै भने अर्का थरि बाैद्ध धर्मालम्बीहरुले तिनीहरुकाे क्षमा तथा माेक्षका लागि म्हाणीछ्याेमाे पूजा गर्दछाैं । अखिर ति भाेग खाने देवीहरु पनि सानातन हिन्दु परम्पराका देवीका साथै बाैद्ध परम्परा अन्तर्गतका खाण्डाेमाहरु हुन् ।

याे हिमालय पर्वत्य क्षेत्रकाे बाैद्ध संस्कृति तथा परम्परा अमिताभ बुद्ध गुरु पद्मसम्भवले स्थापना गरिदिनु भएकाे हाे । उहाँ साम, दाम, दण्ड र भेद सबैकाे प्रयाेग गर्नु हुन्थ्याे । उहाँले यहाँकाे वैदिक र बाेन परम्परालाई समय सापेक्ष थप सुधार गरि दिनु भएकाे देखिन्छ ।

पाैराणिक तथा धार्मिक दृष्टिकाेणबाट हेर्दा हाम्राे हिमालय तथा पर्वत्य क्षेत्र शिव शक्तिकाे क्षेत्र हाे । पृथ्वी माता स्वयम देवी हुन । सबै देवीहरुकाे बास हाम्रै पहाड तथा हिमलका टाकुरामा भएकाे मानिन्छ । देवी त स्वर्गका देवताहरुकी पनि आराध्य तथा संरक्षक देवी हुन् । स्वर्गबाट लखेटिए पछि देवतहरनि पृथ्वी लाेकमै शरण पाउँदछन् ।

दशैं महाताव्य यहि क्षेत्रमा लेखिएकाे हाे । यसकाे केन्दर बिन्दु बरुण उपत्यकामा हाे । बरुण उपत्यका नै पाैराणिक हिमालय अधिराज्यकाे राजधानी हाे । राक्षशहरुले पटक पटक स्वर्गमा कब्जा गर्दा पनि हिमालय अधिराज्यमा कहिल्यै पनि धावा बाेल्न सकेनन् । एक पटक तारकासुरले स्वर्ग उपर कब्जा गरेपछि देवताहरुलाई आश्रय दिएकाे आराेपमा आक्रमण गरे पनि दिब्य गंगा एक्लैले भगाएकाे प्रसंग शिव पुराणमा पढन पाइन्छ ।

दशैं हाम्राे आफ्नै माैलिक चाड हाे । भारत खण्डमा जस्ताे रामलिला हाम्राेमा हुँदैन । राताे टिका र जमरा लगाउने हाम्राे माैलिक परम्परा हाे । अशुरहरु वा दैत्यहरु पातलका बासिन्दा हुन् । हामीलाई राक्षश भनेकाे हाे भनि कुनै जाति जनजातिले आशंका गर्नु हुदैन । किन्नर वा किरातिहरु त्यस बेलाका प्रमुख सम्प्रदाय हुन् । किरातेश्वर महादेव र सुम्निमा पारुहाङका प्रसंगले त्यसकाे थप पुष्टी गर्दछ ।

अन्त्यमा, दशैं हाम्राे एकताकाे पर्व पनि हाे । ईतिहासमा शासकहरुले केहि कुरा लादे पनि त्याे पुरानाे कुरा हाे । अब समाज पछाडि फर्किन सक्दैन । त्यसले भैरहेकाे सदिऔं देखिकाे मेलमिलापलाई बिखण्डनमा लैजाने खतरा हुन्छ । बरु अन्य जातिहरुका माैलिक परम्परालाई पनि समेट्दै र दशैलाई गरिवी, बेराेजगारी, अन्याय, अत्याचार, भ्रष्टाचार र असत्य उपर विजय हासिल गर्दै सबैकाे प्रगती, उन्नती, शान्ति र समृद्धिकाे हासिल गर्न प्रेरणा दिने चाड बनाऔं । सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

तेज बहादुर ढकाल

काठमाडौँ