मनोरञ्जन

‘इन्टु मिन्टु लन्डनमा’को गीतले पायो करोड माथि भ्युज



साउन १५, काठमाडौँ । रेनाशा वान्तवा राई निर्देशित फिल्म ‘इन्टु मिन्टु लण्डनमा’को ‘उडायो हावाले’ बोलको गीतले करोड माथि भ्युज पाएको छ ।

 गीतमा हर्कुलस बस्नेत र निकिता थापाको स्वर रहेको छ भने  हर्कुलसकै शब्द तथा संगीत रहेको छ। यूकेका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियो युट्युवमा करोड माथिको भ्युअर्स छ भने ट्रेन्डीङ्गको पाँचौ स्थानमा पर्न सफल भएको छ । गीतमा चर्चित अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह संग डेव्यु नायक धिरज मगरको जोडी निकै दर्शकले रुचाएका छन ।

निर्देशक रेनशा भन्छिन्,’ पहिलोपटकको कामलाइ नै दर्शकले यति धेरै रुचाइदिनु भएको छ। निकै उत्साहित छु। आफ्नै च्यानलबाट भिडियो हाल्दा कस्तो हुने हो भन्ने डर थियो तर राम्रो काम गरेपछि त्यसको प्रतिफल समेत राम्रो हुने रहेछ।

असोज ५ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् ।