मनोरञ्जन

गायक भट्टराईको ‘अनिदो भै रातमा’ सार्वजनिक (भिडियो सहित)



साउन १६, काठमाडाैं। गायक नवीन के भट्टराईको गीति संग्रह ‘एनकेबी’ को दोस्रो गीत “अनिदो भै रातमा“ बोलको म्युजिक भिडियो  सार्वजनिक भएको छ।

गीतको शब्द नवीना भट्टराईले लेखेकी हुन् भने संगीत नबिन आफैले दिएका छन् । गीतको संगीत संयोजन इमानविक्रम शाह ले गरेका छन् । म्युजिक नेपालमार्फत सार्वजनिक भएको  भिडियोलाई  अमेरिकाको रमणीय ठाउँमा छायांकन गरिएको  छ ।

भिडियोमा  नव कलाकार दिपेश भण्डारी तथा रोजा खड्गीको अभिनय रहेको छ । गीतको छायांकन, सम्पादन तथा निर्देशन अनुप गिरीले गरेका छन् ।

भिडीयो