मनोरञ्जन

प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल अवार्ड : नेपालका प्रितान्सा, अस्मिता र रोमशलाई



(साउन १८, काठमाडौं) । थाइल्याण्डमा संचालन भएको “प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल” सौन्दर्य प्रतियोगितामा नेपालले सफलता हात पार्न सफल भएको छ ।

जुलाई २५ देखि ३० तारिखसम्म संचालन भएको प्रतियोगितामा नेपालको तर्फबाट सहभागि भएकी गोदावरी निवासी १२ वर्षिया प्रितान्सा थापाले मिस लिटिल प्रिन्सेस् इन्टरनेसनल २०१८ को शीर्ष अवार्ड जित्न सफल भएकी छिन् । सोही प्रतियोगितामा सहभागिता जनाएका ठमेल निवासी १६ वर्षिय रोमश श्रेष्ठले मिष्टर टिन प्रिन्स इन्टरनेसनल २०१८को फस्ट रनर अपको अवार्ड जितेका छन् ।

प्रतियोगितामा गोकर्णेश्वर निवासी १७ वर्षिया अस्मिता ढुंगानाले मिस टिन प्रिन्सेस् इन्टरनेसनल २०१८ तर्फ सेकेन्ड रनर अपको अवार्ड जितिन् ।

प्रिन्स एण्ड प्रिन्सेस् इन्टरनेसनल २०१८ मा नेपालको तर्फबाट प्रि टिन समूहमा प्रतिस्पर्धा गरेका हर्षित अग्रवालले वेष्ट इन्टरभ्यु अवार्ड जितेका छन् भने प्रि टिन समूहमै सहभागिता जनाएकी अनुजा पन्तले मिस चार्मिङ विधाको अवार्ड जित्न सफल भइन् ।

उल्लेखित अन्तर्राष्ट्रिय प्रतियोगितामा टिम नेपालको प्रतिनिधित्वको व्यवस्थापन तथा संयोजन नेपालका लागि आधारिक संस्था ग्रुप अफ इभेन्ट इन्टरटेनर्स, जी.ई.ई.ले गरेको हो ।