मनोरञ्जन

फ्राईडे रिलिज : हलमा ‘कायरा’ भर्सेज ‘झमक बहादुर’



साउन १८, काठमाडौँ ।  फ्राईडे रिलिज अन्तर्गत यस हप्ता हलमा ‘कायरा’ र ‘झमक बहादुर’ले  देशभर प्रदर्शन आरम्भ गरेको छ ।
कायरा
लक्ष्मण रिजालको निर्देशनमा रहेको फिल्म कायरामा  अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह मुख्य भूमिकामा रहेका छन । मल्टिप्लेक्समा उच्च शोज पाएको यो फिल्मले देशभरका ८० हलमा आफ्नो वर्चश्व जमाएको छ ।
उक्त फिल्ममा शिशिर राणा, हितेश शर्मा, मरिषा श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको छ ।
झमक बहादुर
भोमन कटुवाल निर्देशित तथा मिनकुमार तामाङ निर्मित ‘झमक बहादुर’ले पहिलो ट्रेलर सार्वजनिक भएपछि यो फिल्म दक्षिण भारतीय फिल्म ‘मुम्बई एक्सप्रेस’ को फोटोकपी रहेको भन्दै चर्को आलोचना भएको थियो । सुन तस्करी, लुटपाट र अपहरणलाई फिल्मको मुख्य विषय बनाइएको छ ।
‘झमक बहादुर’ मा यादब देपकोटा (सरापे), राजु कमेडी, मिन कुमार तामाङ, कल्याण अधिकारी, सुजाता थापा लगायतका कलाकारहरुको अभिनय  रहेको छ ।