समाचार

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु



लहान, ३ चैत । सिरहाको चोहर्वामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

शनिबार पूर्वबाट पश्चिमतर्फ जाँदे गरेको ज १२ प ६६४९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक सिरहाको नरहा गाउँपालिका–३ पानवारी निवासी १८ वर्षीय अजयकुमार ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 गम्भीर घाइते भएका ठाकुरलाई उपचारका लागि विराटनगर लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।