अर्थ

४२ स्थानीय तहमा बैंकका शाखा अझै पुगेन



काठमाण्डाै, ३ चैत । देशभरका कूल ४२ वटा स्थानीय तहमा बैंकका शाखा खुल्न सकेका छैन् ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महिनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय तहमध्ये ७११ तहमा मात्रै बैंकका शाखा कार्यालय पुगेको छ ।

सरकारले स्थानीय तहमा नै बैंकका शाखा पुर्‍याई वित्तीय पहुँच पुर्‍याउने र हरेक नेपालीको एक बैंक खाता खोल्न अभियान नै सञ्चालन गरिरहेको छ । बैंकको विवरणअनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये गत माघ मसान्तसम्म मात्रै १२९ बैंकका शाखा खुलेका छन् ।

प्रदेश नं २ :  १३६ स्थानीय तहमध्ये १३३ वटामा शाखा खुलेका छन् । सो प्रदेशमा तीन वटा स्थानीय तहमा मात्रै पुग्न बाँकी छन् ।

प्रदेश नं ३  : ११९ स्थानीय तहमध्ये ११४ वटा शाखा खुलेका छन् । सो प्रदेशमा अझै चार वटा स्थानीय तह वित्तीय पहुँचबाट टाढा रहेका छन् ।

गण्डकी प्रदेश : कूल ८५ स्थानीय तहमध्ये हालसम्म ८२ वटा,

प्रदेश नं ५  : १०९ स्थानीय तहमध्ये १०७ वटा बैंकका शाखा खुलेका छन् ।

कर्णाली प्रदेश : ७९ स्थानीय तहमध्ये ६४ वटामा बैंकका शाखा पुगेका छन् ।

सुदूरपश्चिम : ८८ स्थानीय तहमध्ये ८२ वटामा बैंकका शाखा खुलेका छन् । छ वटा स्थानीय तहमा बैंकका शाखा नखुल्दा वित्तीय पहुँच पुग्न सकेको छैन ।

देशभर नै बैंक तथा वित्तीय संस्थाका शाखा माघ मसान्तमा सात हजार ७३१ वटा पुगेका छन् ।