समाचार

रोकि राखेको ट्रकमा अर्काे ट्रक ठोक्किँदा एकको मृत्यु



नवलपरासी, ३ चैत । कावासोतीको खरकट्टा जंगलमा बिग्रिएर रोकि राखेको ट्रकमा गुडिरहेको ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् ।

आइतबार बिहान दुई बजेतिर खरबट्टा जंगलमा बिग्रिएर रोकि राखेको ना ७ ख १०९९ नम्बरको ट्रकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ६ ख ११९४ नम्बरको ट्रक ठोक्किँदा दाङका १८ वर्षीय अनराम रुखाल मृत्यु भ्येको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

गम्भीर घाईते भएका ३० वर्षीय सुदीप राई र २३ वर्षीय विनोद लामाको चितवनको भरतपुर उपचार भइरहेको छ भने राखलको शवलाई पोस्टमार्टमका लागि दुम्कौली स्वास्थ्य केन्द्र देवचुलीमा पठाइएको नवलपुर प्रहरीले जनाएको छ ।