समाचार

पाँचथरमा आगलागी : ६ घर जल्यो



पाँचथर, ३ चैत । पाँचथर जिल्लाको हिलिहाङ्ग गाउँपालिका–३ स्थित डाँडेको रमिते भीरमा लागेको आगो गाउँमा फैलिँदा ६ घर जलेर नष्ट भएको छ ।

गएराति लागेको आगोले मनप्रसाद पालुङ्वा, हर्कबहादुर पालुङ्वा, राजकुमार पालुङ्वा, वेदमाया पौड्याल, डम्बरबहादुर पालुङवा र धनप्रसाद पालुङवाको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय फिदिमले जनाएको छ  ।

जङ्गलको आगो नियन्त्रणका लागि स्थानीयवासी, इलाका प्रहरी कार्यालय गोपेटार, इलाका प्रहरी कार्यालय अमरपुर, जिल्ला प्रहरी कार्यालय फिदिम, विष्णु दल गण जोरपोखरीबाट गएको टोलीले प्रयास गरी रहेपनि नियन्त्रणमा आउन सकेको छैन ।