राजनीति

प्रधानमन्त्री ओली दुई दिन झापा र मोरङमा (कार्यक्रमको सूची सहित)



काठमाडौँ, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आइतबार र सोमबार मोरङ र झापाका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।

आइतबार

– सवा १२ बजे मोरङको उर्लाबारी नगरपालिकामा रहेको मदन भण्डारी स्मृति प्रतिष्ठानमा इञ्जिनियरिङ कलेजको उद्घाटन,
– मदन भण्डारी स्मृति प्रतिष्ठानको रजतजयन्ती स्तम्भ अनावरण,
– प्रतिष्ठानको साधारणसभाको उद्घाटन,
– अपरान्ह ३ बजे दमक नगरपालिका परिषरमा आयोजना हुने प्रदेश नं १ स्तरीय साहित्यिकरप्राज्ञिक गोष्ठीको उद्घाटन,
– नगरपालिका भवनको उद्घाटन,
– गौरादह र दमक नगरपालिकाका जनप्रतिनिधिहरुसँग भेटघाट र छलफल,
– मदन भण्डारी रंगशालासम्बन्धी सरोकारवालाहरुसँग छलफल र भेटघाट,

सोमबार

– बिहान ८ बजे दमक रेडक्रस हलमा आयोजना गरिएको नगर र वडा कमिटीको सपथ तथा प्रशिक्षण,
– दमकमै निर्माण गरिएको पशुपंक्षी हाट उद्घाटन,
– दिउँसो साढे १२ बजे भारतीय राजदुतावासको सहयोगमा निर्माण भएको गौरादह नगरपालिकामा रहेको स्कुल चौन माविको भवन उद्घाटन र हस्तान्तरण ।