राजनीति

बारको मतगणना मंगलबार हुने



काठमाडौँ, १७ चैत । कानून व्यवसायीहरुको साझा संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय नेतृत्वका लागि शनिबार नै निर्वाचन सकिए पनि मतगणना भने मंलगबारदेखि मात्रै हुने भएको छ ।

देशभरिबाट मतपेटिका सङ्कलन गर्न समय लाग्ने भएकाले चैत १९ गतेबाट मात्रै मतगणना हुने प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिएका छन् ।

बारको अध्यक्षमा प्रगतिशील समूहबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ र लोकतान्त्रिक समूहबाट सुनिलकुमार पोखरेल उम्मेदवार बनेका छन् । शनिबार सम्पन्न निर्वाचनमा कार्यसमितिका लागि एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एकरएक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्यका लागि मतदान भएको छ ।