Banner News

सुन्तला, मूला र लौकालाई पागल नबनाऔं : प्रधानमन्त्री ओली



काठमाडौँ, १९ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले खानेकुरा सुन्तला, मूला र लौकालाई पागल नवनाइ अर्गानिक खाद्यवस्तु उत्पादन गर्नु पर्ने बताएका छन ।

६२ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कल्चर गर्ने नाममा जेलाई पनि पागल बनाउने गरिएको भन्दै उनले अर्गानिक खाद्यवस्तु उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् ।

उनले भने, ‘आजकल कल्चर गर्ने, के गर्ने नाममा खानेकुरालाई खानेकुरा रहन नदिने, पागल बनाइदिने । सानो फल्ने सुन्तलालाई फर्सी जत्रो बनाइदिने गर्छौं । ‘मुलालाई पनि पागल बनाइदिने, लौकालाई पनि पागल बनाइदिने ।’ हिजोको आज ठूलो भइराखेको हुन्छ । उसले आफ्नो उमेर विर्सिएर, साइज बिर्सिएर पागल हुन्छ । त्यो हामीले खाँदा कहाँ स्वस्थ्कर हुन्छ रु त्यसकारण अर्गानिक भनेको हौं । विकास गर्नुपर्छ, ठूलो फलाउनुपर्छ तर, स्वस्थ फलाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले मूल्य पाएन भनेर खानेकुरालाई सडकमा नफाल्न आग्रह गर्दै उनले भने, दूध विकेन भने कुराउनी पकाउने, दही जमाएर घ्यू निकाल्न सकिने, मुला विकेन भने सिन्की बनाउने सकिने बताए  ।

थोरै तर अर्गानिक उत्पादन गरेपनि अरुले भन्दा राम्रो मूल्य लिन सकिने बताउदै उनले भने,  ‘तिम्रा देशको जस्तो पागल बनाएको होइन, सद्दे फलफूल हो । यसलाई आफ्नो उमेर थाहा छ, आकास थाहा छ । त्यसकारण यो स्वस्थ छ । प्याकेटमा लेखिदिए हुन्छ ।’