राजनीति

नयाँ शक्तिका संयोजक भट्टराईद्वारा बारा-पर्सालाई सहयोग



काठमाडौँ, १९ चैत । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बारा र पर्सा जिल्लामा विनासकारी हावाहुरीका कारण भएको मानविय तथा भौतिक क्षती प्रति दुःख व्यक्त गर्दै पीडितलाई १५ दिनको तलब सहयोग गर्ने बताएका छन् ।

साथै संयोजक डा. भट्टराईले  बारा र पर्सामा भीषण हावाहुरीले पुर्‍याएको क्षतिमा पुनर्स्थापनाका निम्ति पार्टीका सबै सदस्यहरूले आ–आफ्नो हैसियत अनुसार आर्थिक सहयोग गर्न आह्वान गरेका छन् । राहत रकम सिधै वा आआफ्नो कमिटीमार्फत् पार्टीको केन्द्रीय खातामा पठाउन पनि भट्टराईले आह्वान गरेका छन् ।

भट्टराईले प्रभावित क्षेत्र वरपरका जिल्ला र प्रदेशका पार्टी युनिटहरुलाई उद्धार र राहतमा सक्रियतापूर्वक लाग्न समेत निर्देशन दिएका छन् ।