विश्व

प्रहरी चौकीमा आक्रमण हुँदा ८ प्रहरीको मृत्यु



एजेन्सी, १९ चैत । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक प्रहरी शिविरमा आक्रमणमा ८ जना प्रहरीको मृत्यु भएको छ ।

गएराति भएको तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी अन्य ६ जना घाइते भएको स्थानीय प्रहरी स्रोतले मङ्गलबार जनाएको छ ।

उक्त समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन । अफगानिस्तानमा सन् २०१४ को अन्त्यबाट सुरक्षाको जिम्मा अफगान सुरक्षाबलले लिएपछि अफगान सुरक्षाकर्मीको मृत्यु हुनेक्रम बढेको छ ।