समाचार

केही दिन मेघगर्जन र हुरीबताससहित पानी पर्ने



काठमाडौँ, १४ वैशाख । अबको एक दुई दिन दिउँसोपछि केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद्ले अनुमान गरेका छन् ।

विशेषगरी पोखराबाट पूर्वतिर बिहान सफा भए पनि दिउँसोपछि मौसम बदली भई केही ठाउँमा एकैछिन पानी पर्ने अनुमान गरिएको गरिएको छ ।

पूर्वमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै केही दिन दिउँसोपछि पूर्वसहित मध्य र पश्चिमको एक दुई ठाउँमा क्षणिक वर्षाको सम्भावना छ । अरु ठाउँको मौसम भने सामान्यतया सफा रहनेछ ।